May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

नेकपाको स्थायी कमिटी बैंठक बैशाख २५ मा, वामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

नेकपाको स्थायी कमिटी बैंठक बैशाख २५ मा, वामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय


बैशाख २०, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । शनिबार साँझ ६ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैंठक सुरु भएको बैंठक भर्खरै सकिएको छ । बैंठकले पाटीको स्थायी कमिटी बैंठक बैंशाख २५ गते बस्ने निर्णय भएको छ । त्यस्को लागि बैशाख २४ गते फेरी सचिवालय बैंठक बस्ने निर्णय गरेको छ ।

Advertisement


बैंठकले पाटी उपाध्यक्ष बामदेब गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने पनि निर्णय गरेको पाटी प्रबक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका गल्तीहरुप्रति आत्मालोचना गरेका छन्। बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्ने विषयमा छलफल भएको बताए।

Advertisement

 ‘पार्टी वा सरकार वा सम्बन्धित क्षेत्रहरुकमा जेजति कमी कमजोरी भएका छन् ती कमी कमजोरीमा प्रधानमन्त्री एवै पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गर्नुभएको छ’, प्रवक्ता श्रेष्ठले भने।

यस्तै सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गरेका छन्। पार्टी फुटाउने बाटो नलाग्ने दुई अध्यक्षले सचिवालय सदस्यहरुलाई निर्देशन पनि दिएका छन्। पार्टीलाई एकजुट बनाएर कोरोना महामारीविरुद्ध लड्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ। 

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका थिए। यस्तै उपाध्यक्ष बामदेव गौतमसँग पनि ओलीले छलफल गरेका थिए। नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला शुक्रबार चिनियाँ राजदूतले ओली प्रचण्ड र नेपालसँग भेट समेत गरेकी थिइन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल र संवैधानिक परिषदसम्बनधी अध्यादेश ल्याएपछि पार्टीमा देखिँदै आएको विवाद समाधानका लागि भन्दै सचिवालय बैठक बसेको हो । बैठकले स्थायी समितिको बैठकको मिति टुंगो लगाउने बताइए पनि प्रधानमन्त्री ओली भने स्थायी समिति बैठकको विपक्षमा देखिएका छन् ।

पाटीभित्र देखिएको विवाद समधानका लागि निर्णायक मानिएको बैठकको बसाइको व्यवस्थापन नयाँ किसिमले गरिएको थियो । कार्यकारी अध्यक्ष बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल प्रचण्डको कुर्सी राखिएको थियो । तर बीचमा पार्टीमा विवाद देखिएपछि प्रचण्ड अन्य सचिवालय सदस्यसँगै बस्दै आएका थिए ।

शनिबारको बैठकमा भने दुवै अध्यक्षलाई सँगसँगै राखिएको छ र अध्यक्षको सम्मुखमा महासचिवलाई राखिएको छ । तीन–तीन सचिवालय सदस्यलाई र महासचिव र अध्यक्ष बीचको भागको दायाँ र बाँया राखिएको थियो ।