April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

औषधि नै नखाई बिराटनगरमा उपचारत ८ जना संक्रमित कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज

औषधि नै नखाई बिराटनगरमा उपचारत ८ जना संक्रमित कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज

वैशाख २६, काठमाडौं ।
विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका हुन् ।
चिकित्सकीय निगरानीमा रहेका उनीहरूले कुनै औषधि सेवन नगरी आफ्नै रोग प्रतिरोध क्षमताले कोरोना परास्त गरेको अस्पताल स्रोतले जनाएको छ ।


भुल्केको मस्जिदमा बसेका भारतीय जमाती १ जना, मस्जिदमै रहेका विराटनगर १७ का २ जना र १ महिलासहित भुल्केका स्थानीय ५ जना डिस्चार्ज भएका हुन् । उनीहरूमा वैशाख ८, ९ र १० गते संक्रमण पुष्टि भएपछि उपचार केन्द्रमा ल्याइएको थियो । उपचार केन्द्रमा ल्याईएपछि उनिहरुलाई चिकित्सकको निगारानीमा राखेको तर औषधि प्रयोग नगरिएको ति चिकित्सकको दाबी छ ।
शुक्रबार कोरोना जितेर डिस्चार्ज भएकाहरूमा उदयपुरका अजाद आलम, मो. परबेज आलम, मुख्तार मियाँ, रौसन खातुन, विराटनगरका आइमुन मियाँ र इजरायल मिया तथा भारतीय नागरिक मो. आदिम छन् ।


डिस्चार्ज भएकामाध्ये ७ जनालाई विराटनर रानीस्थित मस्जिदको क्वारेन्टाइनमा राखिनेछ भने उदयपुर भुल्केकी महिलालाई घरमै क्वारेन्टाइनमा बस्नेगरी पठाइएको छ । प्रदेश १ मा भेटिएका ३१ संक्रमितमध्ये १४ जना डिस्चार्ज भएकोले अब अस्पतालको आइसोलेसनमा १७ जना रहेका छन् । उपचार केन्द्रमा रहेका ६ जना गत बुधबार कोरोनामुक्त भएर डिस्चार्ज भएका थिए ।

Advertisement