May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

सवारीलाई टाइम कार्ड लागुः कार्यालय जाने र अत्यावश्यक सेवाको लागि निर्धारित समयमा यात्रा गर्नुपर्ने

सवारीलाई टाइम कार्ड लागुः  कार्यालय जाने र अत्यावश्यक सेवाको लागि निर्धारित समयमा यात्रा गर्नुपर्ने


उपत्यकाभित्र आइतवारबाट सवारी साधन चलाउनका लागि टाइम कार्ड लागु गर्ने भएको छ ।
सरकारले काठमाडौं उपत्यकाभित्र सरकारी कर्मचारी, बैंक तथा बित्तीय संस्था, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तु बोकेका सवारी साधनलाई तोकिएको समयमा मात्रै चल्न पाउने गरी टाइम कार्ड लागू गरेको हो ।
कोरोना भाइरस (कोभिड १९) रोकथाम गर्न डेढ महिनाअघिदेखि लागू गरिएको लकडाउन खुकुलो पर्नका लागि बसेको
काठमाडौ, भक्तपुर र ललितपुर प्रशासन, सुरक्षा निकाय, उद्योग वाणिज्य, ट्राफिकलगायत निकायका अधिकारी सम्मिलित बैठकले टाइम कार्ड तोकेको हो ।
नया नियम अनुसार आइतवारबाट सरकारी कार्यालयका सवारीलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी कार्यालय ल्याउन र दिउँसो ५ बजेदेखि ६ बजेसम्म फर्किन समय निर्धारण गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
त्यस्तै बैंक तथा सहकारीहरुको लागि भने बिहान साढे ९ बजेदेखि साढे १० बजेसम्म कर्मचारी ल्याउन र फर्किन भने दिउँसो ३ बजेदेखि ५ बजेसम्म समय दिइएको छ ।

बिहान ६ बजेदेखि उपत्यकाभित्र छिर्ने सबै निर्माण सामाग्री बोकेका सवारीलाई रोक लगाइएको छ । मालबहाक सवारीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रवेश पाउने छन् । त्यस्तै अत्याआवश्यक खाद्यान्न ढुवानीका सवारी साधनले भने बिहान १० बजेसम्म ढुवानी गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

Advertisement