May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

आजदेखि संघीय संसदमा प्रि–बजेट छलफल हुुँदै

आजदेखि संघीय संसदमा प्रि–बजेट छलफल हुुँदै

काठमाडौं, २८ वैशाख । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आजदेखि संघीय संसदमा प्रि–बजेट छलफल सुरु हुँदैछ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभा बैंठक बस्दैछ त्यस्मा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकताका बारेमा दुबै सदनलाई जानकारी गराउँने छन् ।

नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्नु उपयुक्त हुने भए पनि बजेट जेठ १५ मा पेश गर्नैपर्ने दवावका कारण आजैबाट ३ दिनका लागि प्रिबजेट छलफल गर्न सरकार लागि परेको हो ।
सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने समय तालिका छ । त्यसमा छलफल र छलफलमा उठेका जिज्ञासाको जवाफ दिने क्रम सकिएपछि जेठ १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने छ भने १५ गते आर्थिक वर्ष २०७७÷७८ को बजेट पेश हुने छ ।

Advertisement