March 28, 2023, Tuesday
१४ चैत्र २०७९, मंगलवार

थप १० जनामा फेरी कोरोना संक्रमण देखियो, संक्रमित संख्या पुग्यो १२०

थप १० जनामा फेरी कोरोना संक्रमण देखियो, संक्रमित संख्या पुग्यो १२०

काठमाडौं २९, बैशाख
कोरोना संक्रमण बढने क्रममा आज थप कपिलबस्तुमा १० जनामा संक्रमण पुष्टि भएको छ । आज विहान स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७ र १० का १० जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरुको उमेर १८ वर्षदेखि ३४ वर्षका छन् । एकजनाको उमेर नखुलेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमितहरु सबै पुरुष हुन् । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ सय २० पुगेको छ।

Advertisement