पासको नयाँ ब्यावस्था, कस्ले कहाँबाट पास पाउँने ?
काठमाडौं, २८ वैशाख ।
सरकारले विभिन्न ४४ प्रकारका उद्योग र विभिन्न सेवा मुलक ब्यबसायहरु संचालन गर्ने अनुमति दिएसंगै सरकारले नयाँ पास ब्यबस्था गरेको छ । सरकारले अनुगनम निकायलाई नै पास वितरणको ब्यावस्था गर्न भनेको छ । यसका अलावा जिल्ला प्रशासन कार्यालय काठमाडौँले निकाय नतोकिएका र सर्वसाधारणको लागि सवारी पास वितरण गर्ने छ । अन्यको हकमा भने समबन्धि नियामक निकाय वा सिधै समबन्धित मन्त्रालयका सचिवले पास दिने छन् ।
तर खाद्य वस्तु ढुवानी गर्ने सवारी, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी, निर्माण सामग्री ढुवानी गर्ने सवारी, औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु ढुवानी गर्ने सवारी, कृषि तथा पशुजन्य उत्पादनसँग समबन्धित सबै प्रकारका सामग्री ढुवानी गर्ने सवारी लाई पास आवश्यक पर्ने छैन । साथै एम्बुलेन्स, खानेपानी, शव बाहन, र ग्यास ढुवानीलाई पास आवश्यक पर्ने छैन ।
त्यस्तै यस अघि जारि भएको पहेलो रङ्गको सिरियल नम्बर भएको ७ दिने पास लकडाउन अवधिभरलाई मान्य हुने छ । साथै सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, बीमा र सहकारी कार्यालयका कर्मचारीले संस्थाको परिचय मार्फत आवतजावत गर्न सक्ने छन् ।
हेर्नुस कस्तो पास कहाँ बाट लिने ?

प्रतिकृया दिनुहोस्