April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

बजेटमा कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिन सांसदले सरकारलाई सुझाव

बजेटमा कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिन सांसदले सरकारलाई सुझाव


आगामी वर्षको बजेटमा कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिन सांसदले सरकारलाई सुझाव दिएका छन् । प्रि–बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभाका सांसदले विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाईसरको जोखिम कम गर्न जारी गरिएको लकडाउन र अधिकांस जिल्लामा परेको खाद्य अभावको सिकाइले आगामी बजेटमा कृषि र रोजगारीलाई पहिलो प्रथमिकता दिन आग्रह गरेका हुन् ।
कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले देशको अर्थतन्त्र सुधार गर्न व्यवसायी र उद्योगी एक हुनुको विकल्प नरहेको बताए । उनले कोरोनाका कारण बन्द हुने अबस्था, र कमजोर अबस्थमा रहका उद्योग व्यवसायीलाई सरकारले अभिभाकत्व देखाउन आवश्यक रहेको बताए ।

Advertisement

नेकपा सांसद गोकर्ण विष्टले कोरोना भाइरसको प्रभावले विश्वभरिबाट नेपाल फर्किने यूवाहरुको व्यस्थापन र वेरोजगारीले समाजमा निम्त्याउन सक्ने खतरामा सरकार पहिलै सजक हुनुपर्ने सुझाव दिए ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले अहिलेको अवस्थामा पुर्ण बजेट ल्याउन आवश्यक नरहेको उल्लेख गर्नुभयो । कोरोना भाईरसको महामारी कहिलेसम्म रहने र कति क्षति गर्ने भन्ने टुंगो नभएकाले अहिलेको अबस्थामा बजेटको आकार नबढाउन सुझाव दिए ।

नेकपा सांसद ओनसरी घर्तीले संविधानले तोके अनुसार संघीयता लागु गर्ने क्रममा अधिकारको केन्द्रीकरण हुदै गएकाले त्यसलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले लकडाउनका कारण महिला श्रमिक बढी प्रभावित भएको भन्दै बजेटमा समावेशीता ल्याउन सरकारको ध्यानाकर्षण गराए ।प्रतिनिधि सभामा प्रि बजेटमाथिको छलफलमा ५० जना सांसदले धारणा राखेका छन् ।