May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

नेपालमा नर्सिङ दिवसकै दिन नर्समा कोरोनाको संक्रमण पुष्टि

नेपालमा नर्सिङ दिवसकै दिन नर्समा कोरोनाको संक्रमण पुष्टि

नेपालमा पहिलो पटक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अनौठो संयोग नै मान्नुपर्छ, आज अन्र्तराष्ट्रिय नर्सिङ दिवसकै दिन नेपालमा पहिलो पटक नर्समा पनि कोरोनाको संक्रमण पुष्टि भएको हो । हालसम्म कोरोना पुष्टि हुँदा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थिएन । केही अघि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ आएको थियो तर पीसीआर परीक्षणमा नेगेटिभ आएको थियो ।

Advertisement

कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको हो । प्रदेश नम्बर ५ को प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले ती नर्समा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार आज कोरोना संक्रमण पुष्टि भएका कपिलवस्तुका ८ जना नै कपिलवस्तु नगरपालिकाका हुन् ।

Advertisement


हुनत नेपालमा एकै दिन दर्जनौंको संख्यामा कोरोना संक्रमित भेटिन थालेका छन् । मंगलबार मात्रै कपिलवस्तु ८ जना, रुपन्देहीमा ९, पर्सामा ३९ र बारा जिल्लामा १ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थमन्त्रालयका अनुसार हालसम्म भेटिएकामध्ये आज एकै दिन भेटिएका संक्रमितको संख्या सबैभन्दा धेरै हो । आज पर्सामा देखिएका संक्रमितमध्ये केही स्थानीय पत्रकारसमेत रहेका छन् ।

पर्साका ३९ मध्ये वीरगन्ज महानगरपालिका वडा न २, ३, ४, १६, १७ र १८ गरी २५ जना र छिपहरमाई गाउँपालिकामा ९ अन्य ५ जनासहित एकै समुदायमा संक्रमण फैलिएपछि नेपालमा अब कोरोना भाइरस समुदायमा समेत फैलिएको बताइएको छ । यता कपिलवस्तुमा मंगलबार थपिएका ८ जना कोरोना संक्रमित सदरमुकाम तौलिहवा र आसपासका हुन् । जसमा कपिलवस्तु नगरपालिका–१ की २५ वर्षीया महिला, वडा नं. ३ का २०, ३२ वर्षका २ जना पुरुष, वडा नं–४ का २५ वर्षीय पुरुष, वडा नं ५ का ३६ वर्षीय पुरुष, वडा नं ६ का १९ वर्षीय पुरुष, वडा नं ७ का १९ वर्षीय पुरुष र वडा नं८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पताल भइरहेको छ । जिल्लाको यशोधरा गाउँपालिका वडा नं ५ का ८ र वडा नं ८ का ४ जना, बुद्धभूमि नगरपालिका(७ का ३, वडा नं १० का १ जना, मायादेवी गाउँपालिकामा चारजना र शुद्धोधन गाउँपालिकामा एक जनामा गरी कुल २९ जना कोरोना संक्रमित पुगेका छन्