May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी दुई विधेयक संसदमा प्रस्तुत

नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी दुई विधेयक संसदमा प्रस्तुत

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई फरक–फरक संस्था बनाउने व्यवस्था गरिएको छ । सरकारले हवाई सेवा प्रदायक र नियमनकारी निकायका रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने तयारीका साथ दुई वटा विधेयक छलफलका लागि संसदीय समितिमा पेश भएका छन् ।
हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने गरी ल्याइएकासंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बुधबार राष्ट्रियसभाको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने गरी पेश गरेका हुन् । नयाँ विधेयक कार्यान्वयनमा आएपछि एउटै निकायले गर्दै आएको कामलाई दुई निकायमा बाँडफाँड हुने छ ।

विधेयक आएपछि हवाई क्षेत्रको नियमन ‘नेपाल नागरिक उड्डयन प्राधिकरण’ (क्यान)ले गर्ने छ भने हवाई सेवा प्रदान ‘नेपाल हवाई सेवा प्राधिकरण’ (आसान) ले गर्नेछ । नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई सेवा प्राधिकरण ऐन लागू भएपछि हवाई सेवा सम्बन्धी कानून विश्व परिवेश अनुसार हुने छ ।
नेपालको उड्डयन क्षेत्रलाई सेवाप्रदायक र नियामक बनाउन अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठनले सन २००९ देखि नै नेपाल सरकारलाई सुझाव दिएको थियो । अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठनकै मार्ग्निर्देशनमा प्राधिकरणलाई विभाजन गरी कामका आधारमा छुट्याउन आइकाओ र क्यानबीच गत वर्ष सम्झौता भएअनुसार विद्येयक पेश भएका हो ।

Advertisement