May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डको निर्देशन

सेयर बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डको निर्देशन

सेयर बजार बन्द भएको ५० औं दिनमा नाटकिय रुपमा मंगलबार देखि खुलेको बजार बन्द गर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेञ्जलाई धितोपत्र आजका दिन देखिनै कारोवार बन्द गर्नको लागि निर्देशन दिएको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आजैबाट कार्यान्वयन हुने गरी बजार बन्द गराउन नेप्सेलाई निर्देशन दिएका छन् ।

लकडाउनका बेला पनि दैनिक २ घण्टा कारोबार गर्ने गरी खुलाएको बजार डेढ घण्टा पनि नपुग्दै कारोबारमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार बन्द भएको थियो । लगातार नेगेटिभ सर्किट ब्रेक लागेपछि ठूला लगानीकर्ताहरुले बजार बन्द गराउन माग गरेका थिए । यस अगाडि लकडाउनकै समयमा बजार खुल्ला गरेपनि लकडाउनमा सेयर बजार खुलाउने कि बन्द गर्ने ? चर्को बहस भएको थियो । धेरैले लकडाउनको समय पनि बजार खोलेको भनेर चर्को आलोचना गर्दे आएका थिए ।
लकडाउनका बेला बजार धेरै घट्न सक्ने भएकाले नै नेपाल स्टक एक्सचेञ्जले २ प्रतिशत भन्दा धेरै घटबढ भए बजार सर्किट ब्रेक लाग्ने व्यवस्था गरेर खुलाएको थियो । बुधबार त बजार खुलेको ४० मिनेटमा नै सर्किट ब्रेक लागेर बन्द भयो । यसले पनि बजार बन्द गर्नको लागि धितोपत्र बोर्डलाई अझ सजिलो बनाईदियो ।

Advertisement