May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

उपत्यकामा विशेष कडाई पुराना सबै पास रद्ध

उपत्यकामा विशेष कडाई पुराना सबै पास रद्ध


काठमाडौं उपत्यकामा आज बिहानैदेखि सुरक्षा जाँच कडा पारिएको छ । काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै जादा सुरक्षा जाँच तिव्र पारिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम ढकाले बताएका छन् । उनले अत्यावश्यक बाहेकका सवारी साधन चल्न नदिएको बताएका छन् ।
काठमाडौं भित्रीने तथा बाहिरिने नाकाहरुमा थप सुरक्षाकर्मी परिचालन गरिएको र भित्री सडकमा पनि निगरानी बढाइएको छ । केहिदिन अघि सरकारले सरकारी कार्यालय र अत्यावश्यक सेवामा सामाजिक दुरी कायम गर्दै सञ्चालन गर्न भनेपछि काठमाडौं उपत्यकामा सवारी जाम बढेको थियो ।

Advertisement