सदनमा संद्यीय संसदको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत भैरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई नीति तथा कार्यक्रमकाे प्रति हस्तान्तरण गरे ।
संघीय संसदका सदस्यले मतदान गरेर निर्वाचित भए पनि राष्ट्रपति वर्षमा एक पटक मात्र संघीय संसदमा उपस्थित हुने प्रचलन छ । नीति तथा कार्यक्रम राष्ट्रपतिले पेस गर्ने परम्पराअनुसार राष्ट्रपति संसद पुगेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दे कोभिड १९ को संक्रमणका कारण विश्वका सबै मुलुकको अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताएकी छिन् । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै भण्डारीले यस्तो कुरा बताएकी हुन् । संक्रमण प्रारम्भ भएलगत्तै नेपाल सरकारले अवलम्बन गरेको स्पष्ट रणनीति, समन्वयतात्मक कार्यशैली, नेपालीको एकता, धैर्य र सहयोगले अहिलेसम्म संक्रमणबाट सबैको जीवन रक्षा गर्न नेपाल सफल भएकोमा उनले सन्तोष व्यक्त गरेकी छिन् ।
उनले कोरोना भाइरसकै कारण पर्यटन तथा आवागमन अवरुद्ध भएको, उद्योग व्यवसाय बन्दप्राय रहेका, उत्पादन र वितरण प्रणाली गम्भीर रुपमा प्रभावित भएकोमा चिन्ता व्यक्त गरिन् । ‘यसैका कारण दिगो लक्ष्य प्राप्तिमा ठूलो व्यवधान खडा हुने देखि लाखैको रोजगारी गुमेको छ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।
कोरोनाको प्रकोपलाई अदृश्य र साझा दुश्मनको संज्ञा दिंदै यसविरुद्ध कठीन युद्ध लडिरहेको र मानव जातिले जित्नैपर्ने अवस्था रहेको उल्लेख गर्दै भनिन्–‘यो युद्ध कहिले, कसरी समाप्ता होला भन्ने भय चिन्ता र अन्यौल व्याप्त छ । यस्तो समयमा विश्व समुदायबीच ऐक्यबद्धता, समझदारी, आशावादको ठूलो खाँचो छ ।’ राष्ट्रपति भण्डारीले महामारीले हुने आर्थिक क्षतिको पूर्ति आगामी दिनमा हुनसके पनि गुमेको अमूल्य मानव जीवनको पुनरप्राप्ति र क्षतिपूर्ति हुन सक्दैन भन्दै त्यससँगै क्षति हुने मानवीय पूँजी, दक्षता र विचारको क्षति पनि अपूरणीय हुने बताएकी छिन् । ‘त्यसैले मानव जातिको जीवन रक्षा सरकारहरुको सर्वोच्च कर्तव्य हुन आएको छ ।’ उनले थपिन ।
प्रतिकृया दिनुहोस्