May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

कालिमाटी तरकारी बजारमा काम गर्ने एक युबतीमा कोरोना संक्रमण, उनी बस्ने घर शिल

कालिमाटी तरकारी बजारमा काम गर्ने एक युबतीमा कोरोना संक्रमण, उनी बस्ने घर शिल


काठमाडौंको कालीमाटी स्थित तरकारी बजार सँगै रहेको एउटा घर सिल गरिएको छ । जनकपुरको रामानन्द चोक स्थायी घर भई कालीमाटीको सो घरमा बस्दै आएकी १७ बर्षिय युवतीमा कोरोना संक्रमत देखिएपछि उत्त घर शिल गरिएको हो । शुक्रवार साँझ स्थानीय प्रशासनले संक्रमित फेला परेको घर सिल गर्ने र उनको सम्कर्पमा रहेकाको स्वाब परीक्षण गर्ने निर्णय गरेको थियो ।
युबती १५ दिनअघि जनकपुरबाट काठमाडौं आएकी थिइन् । युबती जनकपुर घर भएकाले उनको रिपोर्टमा पनि जनकपुर नै लेखिएको भएपनि उनी कालिमाटीमा बस्दै आएकी थिइन । उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । उनीसँगै डेरामा बस्ने उनको परिवारका दुईजनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । एकजनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


संक्रमित युवतीको कन्ट्याक्टमा उनको भन्दा माथिल्लो फ्ल्याटमा बस्ने चारजनाको परिवार र घरबेटी छन् । कन्ट्याक्टमा रहेका सवैको पीसीआर जाँच गरिने भएको छ । संक्रमित युवतीको कन्ट्याक्ट कालीमाटीको तरकारी बजारमा पनि देखिएको छ । उनी तरकारी बजारमा काम गर्थिन् । कालीमाटी तरकारी बजारमा काम गर्ने मजदुर र ब्यापारीको आरडीटी परिक्षण गरिएको छ । आरडीटीमा तीन जनाको पोजेटिभ रिपोर्ट आएको थियो । उनीहरुको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।

काठमाडौंमा फोहोरमैला व्यवस्थापनको काम गर्ने कर्मचारी, मजदुर र प्रहरीको पनि कोरोना परीक्षण गरिएको छ । टेकुमा शुक्रवार आरडीटी जाँच गर्दा ३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । उनीहरुको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

Advertisement