May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

थप दुईजनामा करोना संक्रमण, पुग्यो २ सय ७८

थप दुईजनामा करोना संक्रमण, पुग्यो २ सय ७८


नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार थप दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । प्रवक्ता देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २७८ पुगेको देवकोटाको भनाइ छ ।

Advertisement