May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोनाबाटै मृत्यु भएको सरकारको भनाई

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोनाबाटै मृत्यु भएको सरकारको भनाई

धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाकोरोना बाट नै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले प्रष्ट पारेको छ । बिहिवार नै मृत्य भएको र शनिवार दिउँसो नै कोरोनाले मृत्यु भएको प्रमाणित भएपनि स्वास्थ्य मन्त्रालयले दिउँसोको पत्रकार सम्मेलनमा पुन परीक्षण गर्ने भन्दै पुष्टी गर्ने समय सारेको थियो । सरकराले साढे आठमा सार्बजनिक गरेको पे्रस बक्तब्यमा भने कोरोना बाटै मृत्यु भएको प्रमाणित गरेको छ । मन्त्रालय सुत्केरीलाई नै नेपालमा कोरोनाबाट मृत्यु भएको पहिलो केश भनेको छ ।

उनमा कोरोना प्रमाणि भएकपछि उनको गाउँ र माइती घर नै शिल गरिसकेको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको हो । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ८१ पुगेको छ । जसमध्ये ३६ जना निको भएर घर फर्कँदा १ संक्रमितको ज्यान गएको छ । यसअघि नै आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

Advertisement