April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

जुम्ल्याहा दाजुभाइ लव-कुशले बनाए कोरोना संक्रमित बिरामीलाई हेरचाह गर्ने ‘गो कोरोना’ रोबोट नर्स

काठमाडौं, ४ जेठ ।

Advertisement

बुटवलका जुम्ल्याहा दाजुभाइ लव–कुश पन्थीले ‘रोबोटिक नर्स’ बनाएका छन् । दाजुभाइ पन्थीले निर्माण गरेको ‘गो कोरोना’ रोबोट प्रदेश– ५ को सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

जुम्ल्याहा दाजुभाइ लव र कुश पन्थीले आइसोलेसनमा बसेका बिरामीलाई रोबोटिक माध्यमबाट कोभिड–१९ का संक्रमित बिरामीहरुको हेरचाह गर्ने उद्देश्यले ‘गो कोरोना’ नामको रोबोटिक नर्स बनाएका हुन् ।

एन्ड्रोइड एप्लिकेसन (एप) को माध्यमबाट यो रोबोटलाई मोबाइलमार्फत चलाउन सकिन्छ । ४ फिट अग्लो रोबोटमा हाइटेक माइक्रोफोन, अल्ट्रा साउण्ड लजिटेक १२ एमपी क्यामेरा, रेड लिड आइ स्पिकिङ इभेन्ट र रेड लिड माउथ स्पिकिङ इभेन्ट जस्ता प्रोग्रामिङ गरिएको छ ।

कोरोना संक्रमितलाई खाना, औषधि, स्यानिटाइजर पुर्‍याउन सक्ने उक्त रोबोटमा कोरोना संक्रमण धेरै समय टिक्न नसकोस् भनेर तामा, प्लास्टिक र काठको बढी प्रयोग गरिएको उनीहरुले बताएका छन्।