May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

धनकुटामा १ र मोरडमा २ जना थपिए कोरोना संक्रमित, पुग्यो २ सय ९५

धनकुटामा १ र मोरडमा २ जना थपिए कोरोना संक्रमित, पुग्यो २ सय ९५

प्रदेश १ को धनकुटा र मोरङका २ गरी ३ जनामा आइतबार कोरोना पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा धनकुटाकी ३४ वर्षीय महिला, विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । प्रदेश १ मा ३९ संक्रमितमध्ये १७ निको भएका छन् । योसँगै देशभर संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।

Advertisement