May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

झापा र सुनसरीमा थप ११ जनामा कोरोना: संक्रमित मध्ये एक सुरक्षाकर्मी

झापा र सुनसरीमा थप ११ जनामा कोरोना: संक्रमित मध्ये एक सुरक्षाकर्मी


पूर्वी क्षेत्रमा पछिल्ला दिनमा कोरोना संक्रमणको मात्र बढ्दो छ । झापा र सुनसरीमा एकै दिन थप ११ जनामा कोरोना संक्रमण देखिएपछि कोरोनाको प्रभाव पूर्वी क्षत्रमा बढेको पाईएको हो । मंगलबार झापामा ९ जनामा र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप ९ जनामा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।
झापाका ९ संक्रमित झापाको केचनकवल गाउँपालिकाका रहेको र सुनसरीका संक्रमित इटहरी नयरपालिकाका रहेको सुनसरीका संक्रमितमध्ये एक जना सुरक्षाकर्मी हुन् ।

Advertisement