May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

कालापानी, लिपुलेक विवादबारे चीन त्रिपक्षीय वार्तामा नबस्ने संकेत

कालापानी,  लिपुलेक विवादबारे चीन त्रिपक्षीय वार्तामा नबस्ने संकेत

बेइजिङ
नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितका भूभाग समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछि चीनले आफ्नो धारण सार्वजनिक गर्दे कालापानी र लिपुलेक विवादबारे त्रिपक्षीय वार्तामा नबस्ने सकेत गरेको छ । पछिल्लो समय नेपाल र भारतमा उब्जिएको बहस तथा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको आरोपपछि चीनले आफ्नो धारणा सार्बजनिक गरेको हो ।
विवाद समाधानमा त्रिदेशीय वार्ता आवश्यक रहेको आवाज उठिरहेका बेला चीनले भने दुई देशबिच कुटनितिक माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको हो ।


चीनले घुमाउरो पारामासीमा विवादमा कुटनीतिक तवरको प्रतिक्रिया दिदै चीनले नेपाल र भारतको आन्तरिक मुद्दा रहेकोले आफू त्यस्तो बर्तामा बस्न आवश्यक नरहेको संकेत गरेको छ । बेईजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयले कालापानी विवाद नेपाल र भारतको आन्तरिक मामिला भएको स्पष्ट पार्दै आपसी संवादको माध्यमबाट मुद्दा सुल्भालन दुबै देशलाई सुझाब दिएको छ ।


पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भन्नुभयो, ‘नेपाल–भारत दुवैले आपसी मैत्री संवादको उपायद्वारा यो मुद्दा सुल्झाउनेमा चीन विश्वस्त छ ।’ प्रवक्ता झाओले सम्मेलनमा भनेका छन, ’अझ परिस्थितिलाई जटिल बनाउने गरी एकपक्षीय काम कसैले पनि गर्नु हुदैन ।’
यसअघि, आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चीनीयाँ सरकारी अधिकारीसंग कुरा गरिसकेको जानकारी दिनुभएको थियो । चीन सरकारका अधिकारीले यस सम्बन्धमा परम्परागत तीर्थयात्राको सन्दर्भ र परम्परागत ट्रेड रुटको सम्बन्धमा मात्र कुरा गरिएको र यसले सीमासम्बन्धी प्रश्नमा तथा त्रिदेशीय बिन्दुमा कुनै असर नगर्ने बताए ।

Advertisement