March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

अन्नपूर्ण क्षेत्रमा अझै ४४ पर्यटक, स्वदेश भन्दा नेपालकै पदयात्रा कोरोना देखि सुरक्षित भएको महशुस


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मनाङ, मुस्ताङ र कास्कीका बिभिन्न स्थानमा विदेशी पर्यटक बसेका छन् । १२ मुलुकका झण्डै ४४ पर्यटकहरु पदयात्रा क्षेत्रमै रहेको छन् । उनीहरु लकडाउनका कारणले नभै आफू खुसीनै सो क्षेत्रमा बसेका हुन् । सबैजसो पर्यटकले उत्त क्षेत्रलाई सुरक्षित महसु गर्दे बसेका छन् ।
२५ जना पुरुष र १९ महिला अहिले पदयात्राका होटल तथा होमस्टेमा बसेका छन् । कोरोना भाइरस संक्रमणको डरले उनीहरु आफ्नो देश नफर्केको स्थानीयले बताएका छन् । सम्बन्धित देशहरुले विमान चाटर्ड गरेपछि धेरै पर्यटकलाई स्थानीय प्रशासन र प्रहरीले लकडाउनको समय उद्दार गरी पठाएपनि हाल रहेकाहरु फर्कन अस्वीकार गर्दै नेपालमै बसेका हुन् । लकडाउन शुरु हुनअघि धेरै पर्यटक संरक्षित क्षेत्रभित्रको पदयात्रामा थिए । एक्यापका अनुसार यीमध्ये १६ जना चिनियाँ, २ जना मलेसियन, ५ जना रुसी, ४ जना जर्मन छन् । यस्तै, अष्टे«लिया, अमेरिका, फ्रान्स र इटालीका ३÷३, अजेन्ट्रिनाका २ तथा जापान, फिलिपिन्स र स्वीडेनका १÷१ जना छन् ।

Advertisement