कोरोना संक्रमित पाइएपछि प्रहरी बृत्त नै शिल, सुरक्षा निकाएका मात्रै १७ जना संक्रमित
स्वाब परीक्षणमा प्रहरी नायब निरीक्षक र प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएपछि महानगरिए प्रहरी बृत्त कालिमाटी नै शिल गरिएको छ । कालिमाटी क्षेत्रमा खटिएका दुई प्रहरीमा नै कोरोना संक्रमण पुष्टी भएपछि प्रहरी बृत्त शिल गरिएको प्रहरी स्रोतले भनेको छ । शिल पछि सबै कार्यरत प्रहरीको आज कोरोना लागेको छ छैन भनेर स्वाब परीक्षण गरिने भएको छ ।
यसअघि बारा र कपिलवस्तुमा पनि डिउटीमा खटिएका नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । बुधबार थप २ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित हुने प्रहरीको संख्या ५ पुगेको छ । डिउटीमै खटिएका नेपाली सेना र सशस्त्र प्रहरीमा पनि संक्रमणको मात्र बढदो छ । हाल सम्म सेना र सशस्त्रमा गरी १२ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भइसकेको छ । नेपाल प्रहरीको समेत गरेर सुरक्षा निकाएमै १७ जना कोरोनाबाट संक्रमित भएका छन् ।
प्रतिकृया दिनुहोस्