May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

सरकारले नौ महिनामा झण्डै ५७ अर्ब रुपैयाँ तिर्यो ऋण

सरकारले नौ महिनामा झण्डै ५७ अर्ब रुपैयाँ तिर्यो ऋण

नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा झण्डै ५७ अर्ब रुपैयाँ ऋण तिरेको छ । सरकारले नौ महिनामा आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा र १४ अर्ब ४९ करोड ब्याज गरी ४१ अर्ब चार करोड रुपैयाँ भुक्तानी गरेको छ ।


सरकराले बाह्य ऋणतर्फ साँवा १२ अर्ब ९८ करोड रुपैयाँ र अन्य ब्याज गरी २ दुई अर्ब ८० करोड गरी १५ अर्ब ७८ करोड रुपैयाँ तिरेको हो । सरकारले नै महिनामा ५६ अर्ब ८२ करोड रुपैयाँ बराबरको ऋण तिरेको अर्थमन्त्राले जनाएको छ । नेपालको आन्तरिक ऋण चार खर्ब ८१ अर्ब ५२ करोड रुपैयाँ र वैदेशिक ऋण सात खर्ब १४ अर्ब सात करोड रुपैयाँ गरी कुल ऋण ११ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ रहेको अर्थ मन्त्रालयले बताएको छ ।

Advertisement