April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति र प्रधानमन्त्रीलाई नयाँ नक्सा हस्तान्तरण

राष्ट्रपति र प्रधानमन्त्रीलाई नयाँ नक्सा हस्तान्तरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले राष्ट्र प्रमुख र उपप्रमुख, कार्यकारी प्रमुख, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापतिलाई नेपालको नयाँ नक्सा हस्तान्तरण गरेको छ । बुधबार भूमि व्यवस्था मन्त्रालयले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि औपचारिकता सहित नक्सा हस्तान्तरण गरेके हो ।

भूमिमन्त्री पद्मा अर्यालले नेपालको नयाँ नक्सा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएकी छिन् ।
नेपाल राजपत्रमा प्रकाशित नक्सा उनले आज दिउँसो राष्ट्रपति निवास शितल निवास पुगेर राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन् ।

आजै मन्त्री अर्यालले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्लिसना र प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि नक्सा बुझाएकी हुन् ।

Advertisement