May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

व्यवसाय गर्नेहरु पुगे घरबहाल बुझाउन नसक्ने अवस्था

व्यवसाय गर्नेहरु पुगे घरबहाल बुझाउन नसक्ने अवस्था

बानेश्वरमा रेडिमेट कपडाको ब्यापार गर्ने मेदनी खनालले चैत ९ गते देखि नै अफ्नो पसर खोलेका छैनन् । मासिक पैतिस हजार रुपैया भाडा तिर्दे आएका उनी लकडाउन भएदेखि पसल गर्न त परै जओस आफू बस्ने घरदेखि बाहिर समेत बस्न सकेका छैनन् । उनी त प्रतिनिधी पात्र मात्र हुन उनी जस्तै अधिकांसको ब्यापार ब्यावसाय संचालन गर्नेको हातल यस्तो छ । लकडाउनका कारण बहालमा बस्ने तथा सटर र घर भाडामा लिएर व्यवसाय गर्नेहरुले घरबहाल बुझाउन नसक्ने अवस्था आएको छ । कोरोनाको कहरले जनजीवन घरभित्रै सिमित भएपछि धेरैको रोजगारी संकटमा परेको छ । यसको सबैभन्दा मार काठमाडौं उपत्यका देखि प्रमुख शहरमा महंङ्गो भाडा तिरेर व्यापार व्यवसाय गर्ने देखि साना तथा मध्यम खालका व्यवसायीलाई परेको छ ।


व्यापार–व्यवसाय ठप्प हुँदा घर बहालमा लिनेहरु बिचल्ली परेका छन् । कोरोना भाइरस संक्रमण रोक्न सरकारले गत चैत ११ गतेदेखि लकडाउन शुरु गरेपछि १६ को मन्त्रिपरिषद् बैठकले एक महिनाको घरभाडा मिनाहा गरिदिन घरधनीलाई आग्रह गरेको थियो । त्यसबापत घरबहाल कर छुट दिने सरकारको प्रतिवद्दता छ । तर, केही घरधनी बाहेक धेरैले सरकारको आग्रह मानेका छैनन् ।
लकडाउनपछि अधिकांश व्यापार व्यवसाय तथा उद्योग कलकारखाना ठप्प छन् । नीजि क्षेत्रमा तथा दैनिक ज्यालादारीमा काम गर्ने धेरैजसोले नियमित काममा समेत जान पाएका छैनन् । कैयौं व्यक्ति कोठा तथा पसलमा तालाचापी लगाएर गाउँ गएका छन् ।

काठमाडौं उपत्यकामा त झन ज्यालादारी गरेर दैनिक गुजारा चलाउँनेको संख्या अत्यधिक छ । त्यस्तो अबस्थामा कसरी तिर्ने घर भाडा ? कतिपय घरधनीले घरभाडा छुटको सरकारको आग्रह स्वीकारेका छन् । घरधनीले भाडा वापत आउने रकमलाई नै आम्दानीको श्रोत बनाउने हुँदा बहाल नलिन सरकारले गरेको आग्रहको सिधै अस्विकार गरेका छन् । एकातीर ब्यवसाय बन्द अर्कोतीर बहल तिर्नुपर्ने मारमा ब्यावसायी परेका छन् ।

Advertisement