August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

चीनद्धारा हङकङमा आफ्नो सुरक्षा कार्यालय स्थापना

चीनद्धारा हङकङमा आफ्नो सुरक्षा कार्यालय स्थापना

चीनले नयाँ सुरक्षा कानून अनुसार औपचारिक रुपमा हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कार्यालय स्थापना गरेको छ । चीनका सुरक्षा एजेन्टहरु पहिलोपटक हङकङको केन्द्रमा औपचारिक रुपमा कार्यालय स्थापना गरेर बसेका चीनिया समाचार एजेन्सी सिन्वाले बताएको छ ।


विखण्डको जोखिम बढेको तथा आतंकवादी गतिविधि हुन सक्ने दाबीसहित चीनले नयाँ सुरक्षा कानून ल्याएर हङकङमा आफ्नो उपस्थित बलियो बनाएको हो । सो कानून पारित नहुँदासम्म हङकङ चीनको स्वायत्त क्षेत्र मात्रै थियो, त्यहाँ यस्तो खालका कार्यालय चीनले स्थापना गर्न पाउने थिएन ।


कानूनले हङकङको स्वायत्तता तथा स्वतन्त्रतामा गम्भीर असर पारेको भन्दै प्रजातन्त्र पक्षधर तथा अन्तर्राष्ट्रिय समुदायले गम्भीर आलोचना गर्दै आएका छन् ।

Advertisement