अर्थतन्त्र गम्भीर संकटमा फस्दै गएकाले मुलुक थप भयावह स्थितितर्फ जान सक्ने महासंघको चेतावनी
नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय बचाउनेतर्फ सरकार र राष्ट्र बैंकबाट उचित पहल नहुने हो भने कुनै पनि समय अर्थतन्त्र गम्भीर संकटमा फस्ने र मुलुक थप भयावहको स्थितितर्फ जान सक्ने चेतावनी महासंघले दिएको छ ।
कर्जाको साँवा, ब्याज भुक्तानीको समयावधि बढाउनु माग गरेको छ । साथै, ब्याजलाई पुँजीकरण गरी कर्जाको पुनर्संरचना र पुनर्तालिकिकरण गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको हो । लकडाउनका कारण सहज तरिकाबाट व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था सिर्जना नभपछि महासंघ नयाँ विकल्प स्वरुप समयाबधि र पुनतालिकिकरणको लागि विज्ञप्ति निकालेर माग गरेको हो ।
महासंघले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय संचालन गरिरहेका साना ठूला सबै तहका उद्योगी व्यवसायी गम्भीर संकटमा रहेको जनाएको छ ।
कठिन अवस्थामा बैंक तथा वित्तीय संस्थाद्वारा ताकेता गर्दा अर्थतन्त्र बलियो बनाउन खट्ने उद्योग व्यवसाय क्षेत्र थप प्रताडित भएको तथा पेशा व्यवसायबाटै पलायन हुने परिस्थिति निर्माण भइरहेको महासंघको भनाइ छ ।
प्रतिकृया दिनुहोस्