March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

म्याग्दीमा गएको पहिरोमा परी दुई घरका ६ जना बेपत्ता

म्याग्दीमा गएको पहिरोमा परी दुई घरका ६ जना बेपत्ता

अविरल वर्षाका कारण गएको पहिरोमा परी म्याग्दीको धौलागिरी गाउँपालिका-६ मराङको रिखामा शुक्रबार बिहान ७ जना बेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले २ परिवारका ७ जना बेपत्ता भएका हुन् ।

Advertisement

पहिरोले भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर बगाएको स्थानीय रामप्रसाद सुवेदीले जानकारी दिए । बेत्ता भएका भीमप्रसादको घरमा ४ र धनबहादुरको घरमा ३ जना थिए । भिरालो पाखोमा रहेको घण्टीवाङ गाउँ पहिरोले घेरिएको छ ।

Advertisement

माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार पहिरोले विस्थापित भएका हुन् । घण्टीवाङ मुनीको रिखामा छ घरको बसोबास थियो । ४ घर विस्थापित भएका छन् ।

त्यस्तै, मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई वटा घर बगाएको छ । वीरबहादुर पुन र परदेवी पुनको घर बगाएको हो । त्यहाँ पहिरोले बजाउँदा एक जना घाइते भएका छन् । फोटोः संकेतिक