August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

सप्तकोसीको पानीको बहाव उच्च, ३० वटा ढोका खोलियो, ब्यारेजमा पनि खतराको संकेत

सप्तकोसीको पानीको बहाव उच्च, ३० वटा ढोका खोलियो, ब्यारेजमा पनि खतराको संकेत


लगातार परेको बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव वर्षकै उच्च विन्दुमा पुगेको छ । कोशीमा पानीको बहाव बढेसंगै ५६ मध्ये ३० वटा ढोका खुला गरेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
त्यस्तै ब्यारेजमा समेत खतराको संकेत रहेकाले रातो बत्ती बालिएको छ । पानी पर्ने क्रम जारी रहेकोले पानीको बहाव थप बढ्ने भन्दै आसपासका सबैमा सचेतना अपनाउन कोसी ब्यरेज कन्ट्रोल रुमले सुचित गरेको छ ।

कास्की, नवलपरासी र लमजुङ क्षेत्रमा पनि नारायणी नदीको बाढीले खतराको संकेतसम्म पुगेको छ । पानी जल तथा मौसम विज्ञान विभागले आगामी चार दिनसम्म भीषण पानी पर्ने जानकारी दिँदै सतर्कता अपनाउन सूचीत गरेको छ ।

Advertisement