August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

म्याग्दीमा पहिरोले वेपत्ता भएका ११ जनाको शब भेटियो, २३ जना अझै बेपत्ता

म्याग्दीमा पहिरोले वेपत्ता भएका ११ जनाको शब भेटियो, २३ जना अझै बेपत्ता

असार २७ काठमाण्डौं । लगातारको वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको छ । २३ जनाको अवस्था झै पत्ता छन । उनीहरुका खोजिकार्य जारी रहेको छ ।

धौलागिरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा १ जना गरी ११ जनाको शव फेला परेको हो ।

पहिरोमा मराङको रिख, कल्लेनी, राम्चे, नाम्रुक, कम्दी बस्तीमा अझै ११ जना, ताकममा ३ जना र मालिका गाउँपालिका–७, विमको दुलेमा ८ जना गरी २३ जना अझै बेपत्ता छन् ।
बाढीपहिरोले ४३ घर पुरिएका छन । वडाध्यक्ष सुवेदीका अनुसार पहिरोमा अलपत्र परेकामध्ये कल्लेनी क्षेत्रका ६० जनालाई छिमेकी ताकमको सिवाङमा, मराङ क्षेत्रका २ सय जनालाई राम्चेस्थित दलित सामुदायिक भवनमा र घन्टीवाङ, अर्वाङ क्षेत्रका १ सय ५० जनालाई जनविकास आधारभूत विद्यालयमा राखिएको छ ।

Advertisement