August 9, 2022, Tuesday
२४ श्रावण २०७९, मंगलवार

तारे होटलहरुले मजदूरलाई न्यूनतम तलब दिने सहमति, करीब ५ लाख मजदूरले पाउँने भए न्यूनतम तलब

तारे होटलहरुले मजदूरलाई न्यूनतम तलब दिने सहमति, करीब ५ लाख  मजदूरले पाउँने भए न्यूनतम तलब

कोरोनाभाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण बन्द रहेका दुईतारेदेखि पाँचतारेसम्मका होटले मजदूरलाई न्यूनतम तलब दिने भएका छन् । बन्दाबन्दीका कारण होटल व्यवसाय ठप्प भएपनि मजूदरलाई न्यूनतम पारिश्रमिक दिने सहमति भएको हो । होटल संघ नेपाल (हान) र सम्बन्धित होटल मजदूरबीच भएको सहमति अनुसार मजदुरलाई तलब दिने सहमति भएको हो । नयाँ सहमति पछि करीब ५ लाख होटल मजदूरले काम नगर्दाको समयको राहतस्वरुप तलब पाउने भएका छन् ।

Advertisement


सहमतिमा कुनै मजदूरले अवकास लिन चाहेको अवस्थामा भने होटलले आवश्यक सेवा सुविधा दिनुपर्ने शर्त अगाडिड राखिएको छ । हान र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुराँ मजदूर संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुराँ मजदूर युनियन र नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघबीच सहमति भएको हो । सहमति भएपनि ब्यावसायीले हस्ताक्षर भने गरेका छैनन् । हान अध्यक्ष सिर्जना राणाले मजदूरसँग नयाँ सहमति भएपनि हस्ताक्षर गर्ने र अन्तिम रुप दिने काम बाँकी नै रहेको बताइन् । उनले मजदूरसँग अझै केही सहमति हुन बाँकी रहेको बताईन् ।

Advertisement


सहमतिमा दुई सय कोठा भन्दा माथिका पाँचतारे डिलक्स होटलका मजदूरलाई मासिक १० हजार र २ सय भन्दा कम कोठासंख्या भएका पाँचतारे होटलका मजदूरलाई ९ हजार मासिक पारिश्रमिक दिने सहमति भएको हो । यस्तै १०० भन्दा बढी कोठा भएका चारतारे डिलक्स होटलका मजदूरलाई मासिक .८४५५ र चारतारे होटलका मजदूरलाई ८ हजार दिइने सहमति भएको हो ।

तीनतारे होटलका मजदूरलाई मासिक ५ हजार र दुईतारे होटलका मजदूरलाई भने मासिक ४३०० दिने सहमति भएको छ । महामारीका कारण होटल बन्द भएकाले बन्द अवधिमा मासिक २ दिन भने संचित बिदाबाट काट्ने पनि सहमति भएको हो ।


होटल क्षेत्रका मजदूरलाई घर बसेको अवधिमा पनि पाइने यो पारिश्रमिक ६ महीनासम्म अर्थात आगामी १६ पुस २०७७ सम्मका लागि हो । यसअघि हानले एकलौटी रुपमा २१ वैशाख २०७७ मा प्रत्येक महीना आधारभूत तलबको १२.५ प्रतिशतको दरले मात्र उपलब्ध गराउने निर्णय गरेका थिए, जसलाई मजदुर संगठनले अस्विकार गर्दे आएका थिए ।