August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

ब्यापारिक संगठनहरुले १० खर्ब डलरको ऋण बेहोर्नुपर्ने

ब्यापारिक संगठनहरुले १० खर्ब डलरको ऋण बेहोर्नुपर्ने

कोरोनाका कारण भएको विश्वब्यापीमन्दीका कारण विश्वले ठूलै आर्थिक भार बोक्नुपर्ने भएको छ । अध्ययनहरुले विश्वभरका ब्यापारिक संगठनहरुले सन् २०२० को अन्त्य सम्ममा १० खर्ब डलरको ऋण बेहोर्नुपर्ने देखाएको छ । कोरोना भाइरस महामारीका कारण परेको असर कम गर्न लगानी बढाउँदा सो परिमाणमा ऋण लाग्ने अध्यानले देखाएको हो ।

विश्वका ९ सय वटा विशिष्ट ब्यापारीक फर्ममा गरिएको अध्ययन अनुसार विश्वको कर्पाेरेट ऋण १२ प्रतिशतले बढ्ने छ । जुन कुल ९३ खर्ब डलर पुग्नेछ । विश्वका कयौं ठुलो ब्यापारीक फर्मले मध्यम आय भएको मुलुकको अर्थतन्त्र सरहको ऋण बोक्नुपर्नेछ अध्यनले देखाएको छ । गत वर्ष समेत ऋण प्रतिशत ८ ले बढेको थियो । एजेन्सी

Advertisement