August 4, 2021, Wednesday
२० श्रावण २०७८, बुधबार

गण्डकी प्रदेश सरकारद्धारा प्रहरीलाई सवारी साधन हस्तान्तरण

गण्डकी प्रदेश सरकारद्धारा प्रहरीलाई सवारी साधन हस्तान्तरण

श्रावण १८,काठमाडौं
गण्डकी प्रदेश सरकाले प्रदेश प्रहरी कार्यालयलाई सवारी साधान हस्तान्तरण गरेको छ । प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूका लागि उपलब्ध गराइएका सवारी साधन हस्तान्तरण गरिएको हो ।

प्रदेश सरकारले प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र मोटरसाइकल २८ थान हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई चाबी हस्तान्तरण गरेका छन् ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा सहजता प्रदान गराउनुका साथै प्रहरी कर्मचारीहरुको मनोबल वृद्धि गरि आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउने उद्धेश्यले गण्डकी प्रदेश सरकारले उक्त सवारी साधन हस्तान्तरण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले शान्ति सुरक्षालगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यलयहरुबाट उल्लेखनीय कार्य भईरहेको भन्दै हस्तान्तरण गरिएका सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुष्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।


कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलगायत गण्डकी प्रदेश सरकार प्रति नै आभार व्यक्त गरे । त्यस्तै हस्तान्तरीत सवारी साधनहरुले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशिल जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।