March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

सनराइज बैंक र आईएमई मोटर्सबीच सम्झौता, अशोक लेल्यान्डका गाडी किन्न सनराइजको ६० प्रतिशत कर्जा

सनराइज बैंक र आईएमई मोटर्सबीच सम्झौता, अशोक लेल्यान्डका गाडी किन्न सनराइजको ६० प्रतिशत कर्जा

असोज २०, काठमाडौं ।
सनराइज बैंक र अशोक लेल्यान्ड ब्रान्डका सवारी साधनको आधिकारिक बिक्रेता आइएमइ मोटर्स प्रालिबीच सम्झौता भएको छ । आईएमई मोटर्सद्वारा बिक्रीवितरण गर्ने सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आइएमइ मोटर्सका कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरे । सम्झौता अनुसार ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ ।

कर्जाको मासिक किस्ता ई एम आईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

Advertisement