May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

असोज २०, काठमाडौं
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा थप १ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।
जसमा काठमाडौं जिल्लामा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जनामा संक्रमण पुष्टि भएको हो । जसअनुसार काठमाडौंमा २ सय ५८ महिला र ५ सय २५ पुरुष, ललितपुरमा ४९ महिला र ६९ पुरुष र भक्तपुरमा ४३ महिला र ७३ पुरुष रहेका छन् ।

Advertisement