रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय
असोज २१, काठमाडौं
सरकारले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर रोकिएको सबै परिक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट जारी भएका सुरक्षासम्बन्धी मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सुरक्षा मापदण्ड अपनाएर प्रतिष्ठान, बोर्ड, विश्वविद्यालय र विद्यालयका तहका रोकिएका सबै परिक्षा सञ्चालन गर्ने दिने निर्णय भएको बताए । सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागिसमेत स्वीकृति दिएको उनले बताए । जसमा २५ जना भन्दा कम सहभागी हुनुपर्ने छ ।
प्रतिकृया दिनुहोस्