May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि, ११ सय २९ जना संक्रमित निको

पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि, ११ सय २९ जना संक्रमित निको

असोज २१, काठमाडौं,
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २ सय ५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गरीएको थियो । देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । आज थप ११ सय २९ जना कोरोना संक्रमित निको भएसंगै निको हुनेको संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।

Advertisement