आर्थिक वर्षको दुई महिनामा ३९ करोड ९७ लाख रुपैयाँ भन्दा बढीको चाउचाउ र पास्ता निर्यात
असोज २२, काठमाडौं ।
चालु आर्थिक वर्षको पहिलो २ महिनामा ३९ करोड ९७ लाख ५३ हजार रुपैयाँको चाउचाउ र पास्ता निर्यात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको साउन र भदौ महिनाको तथ्यांक अनुसार उक्त रकम बराबरको चाउचाउ र पास्ता निर्यात भएका हो ।
गत आर्थिक बर्षमा चाउचाउ, पास्ता जस्ता बस्तुको निर्यात ४० प्रतिशतले घटेको थियो । आर्थिक बर्षको पहिलो दुई महिनामा यस्तो बस्तुको निर्यात बढेको छ । गत आवको सोही अवधीमा भने रु. १६ करोड ४ लाख ६ हजार बराबरको चाउ चाउ निर्यात भएको थियो ।
गत आवमा भने १ अर्ब ९ करोड रुपैयाँ बराबरको यस्तो बस्तु निर्यात भएको केन्द्रको तथ्यांकले देखाएको छ । कोरोना भाइरसको महामारीका कारण गत आवमा कमी आएको चाउचाउको निर्यातमा यस आर्थिक वर्ष केही सुधार आएको देखिएको छ ।
प्रतिकृया दिनुहोस्