May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

जिल्ला प्रशासन कार्यालयद्धारा रेडक्रसको केन्द्रीय अधिवेशन स्थगित गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालयद्धारा रेडक्रसको केन्द्रीय अधिवेशन स्थगित गर्न निर्देशन

असोज २२, काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल रेडक्रसको केन्द्रीय अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । संस्थाको नवीकरण तथा कोभिड–१९ को संक्रमण उच्च दरमा वृद्धि भइरहेको भन्दै रेडक्रसको महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

रेडक्रसको महाधिवेशन असोज २८ देखि ३० सम्मलाई तय गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले असोज १६ गते नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिलाई पत्र पठाउँदै महाधिवेशन स्थगित गर्न निर्देशन दिएको हो ।

प्रशासनले रेडक्रसले संस्था नवीकरणका लागि ११ बुँदे निर्देशन प्रशासनले दिए पनि रेडक्रसले कागजात हालसम्म उपलब्ध नगराएको जनाइएको छ । साथै मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम कुनै पनि सभा, समारोह, सम्मेलन लगायत कार्यक्रम गर्न रोक लगाएको अवस्थामा अर्को आदेश नभएसम्मका लागि स्थगित गराउन निर्देशन दिइएको हो ।

Advertisement