यस वर्ष विश्व बजार सम्मेलन कात्तिक २१ देखि २३ गते सम्म हुने
असोज २२, काठमाडौं ।
बजार व्यवस्थापनको वार्षिक विश्व सम्मेलन ‘वर्ल्ड मार्केटिङ समिट’ यस वर्ष कात्तिकको २१ देखि २३ गते सम्ममा हुने भएको छ । आफ्नो स्थापना को १० वर्ष पूरा गरिसकेको यस कार्यक्रम यस वर्ष कोभिड–१९ महामारीका कारण भर्चुअल माध्यमबाट हुने भएको छ ।
उक्त सम्मेलनमा मार्केटिङसँग सम्बन्धित ७० भन्दा बढी विषयमा विशेषज्ञहरुले आफ्ना प्रस्तुति गर्नेछन् । यो वर्षको सम्मेलन मार्केटिङ र सोसँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहेर महामारीले निम्त्याएको विश्वव्यापी संकटलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने प्रमुख एजेण्डा छ ।
४८ घण्टासम्म निरन्तर रूपमा चल्ने यस सम्मेलनमा सहभागीहरूले लाइभ अनि रिकेर्डड दुइवटै भर्सनमा हेर्न पाउने छन् । वल्र्ड मार्केटिङ समिट बजारशास्त्रको ज्ञाता (फादर अफमोडर्न मार्केटिङ ) प्रोफेसर फिलिप कोट्लर ले स्थापना गरेका हुन् । यसमा व्यवस्थापक, बजार शास्त्रको क्टिस्नर्स, म्यानेजर्स, विद्यार्थी एवं यो विधामा रुचि भएकाले सहभागिता जनाउँदै आएका छन् ।
समिटल नेपालका लागि असेन्डिफ्लाई म्यानेजमेण्टलाई यस संस्करण को कार्यक्रमको लागि नियुक्त गरेको छ । असेन्डिफ्लाई म्यानेजमेन्टले समिटमा सहभागिता जनाउन इच्छुकलाई आवेदन दिन अनुरोध गरेको छ । वल्र्ड मार्केटिङ समिटका लागि आवेदन असेन्डिफ्लाई म्यानेजमेण्टको वेबसाइटवा सामाजिक सञ्जालमार्फत अप्लाई गर्न सकिन्छ ।
प्रतिकृया दिनुहोस्