May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३८ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३८ हजार भन्दा बढी कोरोना संक्रमित थपिए

असोज २३, काठमाडौं ।
पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३८ हजार ७ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६० लाख २ हजार ८ सय २७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

त्यस्तै हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ४९ हजार ८ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५ सय १४ संक्रमितको मृत्यु भएको छ ।

Advertisement