फेसबुकसँगको सहकार्यमा वर्ल्डलिंक कम्युनिकेसन्सले देशभर फ्री एक्सप्रेस वाइफाई प्रदान गर्ने
असोज २३, काठमाडौ ।
फेसबुकसँगको सहकार्यमा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ७ हजार ५ सय ठाउँमा एक्सप्रेस वाईफाई सेवा सेवा दिने भएको छ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नेपाली इन्टरनेट प्रयोगकर्तालाई यस्तो सेवा प्रदान गर्न फेसबुकसँग सहकार्य गरेको हो ।
सार्वजनिक स्थानमा यो सेवालाई विस्तार गरिने जानकारी कम्पनीले दिएको छ । वर्ल्डलिंकले देशभर १० हजार पब्लिक वाईफाईमार्फत सेवा दिइरहेको छ । ३० हजार ठाउँमा फ्री वाईफाई पनि विस्तार गरेकामा फेसबुक एक्सप्रेस सुरु भएपछि सफ्टवेयरले इन्टनेटको गति बढाउनेछ ।
वर्ल्डलिंक कम्पनीका अध्यक्ष दीपक अग्रवालले देशभर इन्टरनेट सेवा विस्तार गरी दैनिक केही घन्टा निःशुल्क सेवा प्रदान गरिने बताए । सरकारले फ्रिक्वेन्सी दियो भने देशभर सेवा विस्तार गरी दैनिक कम्तीमा २ घन्टा निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने उनको भनाई रहेको छ ।
अग्रवालका अनुसार एक्सप्रेस वाइफाई प्लेटफर्मले वर्ल्डलिंकको सार्वजनिक वाइफाई सेवा सुधार गरेर, दुरुस्त, भरपर्दो र किफायती इन्टरनेट सेवाका साथै सबैका लागि, सबै ठाउँमा सधैं जोडिनेछ । फेसबुक एक्सप्रेस सोसियल नेटवर्किङ सफ्टवेयर कम्पनी हो, जसले नेटवर्कको समस्या रहेका ठाउँमा नजिकको इन्टरनेट सेवाप्रदायक कम्पनीले दिइरहेको पब्लिक वाईफाईसँग जोडेर इन्टरनेट गतिलाई बढाउने काम गर्छ ।
प्रतिकृया दिनुहोस्