March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

डा.गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै

डा.गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै

असोज २३, काठमाडौं ।
चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पुन वार्ता हुने भएको छ । बिहीबार सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न नसक्दा आज पुन वार्ता हुने भएको हो ।

बिहीबार छलफलले डा केसीका ६ बुँदे मागलाई बुदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो । डा केसी अनसन बसेको २५ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो । बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए ।

Advertisement