May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा रेलखण्डको टेन्डर तत्काल नहुने

पूर्व पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको काँकडभिट्टा–इनरुवा रेलखण्डको टेन्डर तत्काल नहुने

असोज २५, काठमाडौं ।
पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गतको विवादित काँकडभिट्टा–इनरुवा रेल खण्डको टेन्डर तत्काल नहुने संकेत देखिएको छ । उक्त खण्डमा यस अघि भदौ २३ गते रद्द गरिएको टेन्डर रेल विभागले ठेक्का लगाउनुपूर्वको पूर्वतयारीहरूका विषयमा अध्ययन गरिरहेको हुँदा तत्काल नयाँ टेन्डर प्रक्रिया अघि बढाउने सम्भावना देखिएको छैन ।

Advertisement

अहिले विभागको महानिर्देशकमा नियुक्त भएकि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सहसचिव प्रमिलादेवी वज्राचार्यले पहिला कार्ययोजना नै बनाएर अघि बढ्ने बताईन् । अहिले रेल खण्डको टेन्डरका सम्बन्धमा अध्ययन भइरहेकोल टेन्डर गर्नुपूर्व गरिने पूर्वतयारीका विषयलाई विशेष ध्यान दिइएको उनको भनाई रहेको छ । उनले केही दिनमै कार्ययोजना बनाइसक्ने र त्यसबाट पनि केही कुराहरू स्पष्ट आउने बताइन् ।

Advertisement

यस अघि टेन्डरमा जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटर रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो । रेल विभागले १८ वटा कम्पनीलाई मात्रै सहभागी हुन पाउने गरी औपचारिकताका लागि मात्रै टेन्डर आह्वान गरेपछि चर्काे आलोचना भएको थियो ।

३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया सुरु गरेपछि त्यसको सर्वत्र आलोचना भएपछि टेन्डर रद्द गरिएको थियो । सीमित निर्माण व्यवसायीहरूलाई मात्रै ठेक्का दिने गरी ५४ ओटा प्याकेज निकालिएको विषय विवादित बन्दै साउन १८ गते उच्च अदालत पाटनसम्म पुगेको थियो ।

उच्च अदालतले साउन २६ गते टेन्डरका कार्यहरू नियमित रूपमा अघि बढाउन पाउने गरी विभागको पक्षमा फैसला गरेपछि टेन्डरको मूल्यांकन अघि बढाइएको थियो । तर विभागले विभिन्न कारणहरु देखाउदै भदौ २३ गते टेन्डर रद्द गरेको थियो ।