May 22, 2022, Sunday
८ जेष्ठ २०७९, आईतवार

राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री खुला गर्ने

राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री खुला गर्ने

असोज २५, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सोमबार १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ । राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

तीन अर्ब रुपैयाँको भने आन्तरिक ऋण उठाउनको लागि बिक्री गर्न लागेको नेपाल राष्ट्र बैंकले बताएको छ । नयाँ ट्रेजरी बिल ३६४ दिनको हुनेछ । चालु वर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो पहिलो ट्रेजरी बिल हो । जसमा पाँच अर्ब २८ दिनको, आठ अर्ब ९१ दिनको र दुई अर्ब २५ करोड १९ं८२ दिनको ट्रेजरी बिल नविकरण गर्न लागेको हो ।

राष्ट्र बैंकले कात्तिक ४ गते ४ अर्बको अर्को ट्रेजरी बिल जारी गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइदिँदैछ । यसमध्ये ५७ अर्ब रुपैयाँ कात्तिक मसान्तसम्म उठाइदिने छ । अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ उठाइदिइसकेको छ । अब सात अर्ब ट्रेजरी बिलबाहेक कात्तिक २० गते राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्नेछ ।

Advertisement