शतप्रतिशत हकप्रद निष्काशनको लागि अरुण भ्यालीले दियो नेपाल धितोपत्र बोर्डमा आवेदन
असोज २६, काठमाडौं ।
अरुण भ्याली हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १ बराबर १ अनुपातमा ९९ करोड ८३ लाख २३ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्नको लागि अनुमति माग गर्दै असोज २१ मा बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले उक्त रकम बराबरको ९९ लाख ८३ हजार २३२ कित्ता हकप्रद शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । हकप्रद शेयर निष्काशन गरे पश्चात कुल चुक्तापूँजी १ अर्व ९९ करोड ६६ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले आफुले निर्माण गर्न लागेको २ वटा आयोजनाको लागि रकम जुटाउन हकप्रद निष्काशन गर्न लागेको हो ।
प्रतिकृया दिनुहोस्