February 6, 2025, Thursday
२४ माघ २०८१, बिहीबार

मोटरसाइकलमा सवार बाबु छोरालाई लखेटेर हात्तीले लियो ज्यान

मोटरसाइकलमा सवार बाबु छोरालाई लखेटेर हात्तीले लियो ज्यान

शनिवार ३० कात्तिक २०७६
चितवन । माडी ठोरी हुलाकी सडकमा आज बिहान हात्तीले आक्रमण गर्दा बाबु÷छोराले ज्यान घुमाउनु परेको छ । शनिबार (आज) बिहान माडी–ठोरी सडकखण्ड अन्तर्गत माडी नगरपालिका वडा नंः ९ देउराली भन्ने स्थानमा हात्तीको आक्रमणबाट बर्ष ६५ का बाबुराम पौडेल र उहाँका छोरा बर्ष ३५ का राजु पौैडेलको ज्यान गएको हो । ज्यान जाने बाबु÷छोरा माडी नगरपालिका वडा नम्बर १ बरुवका हुन् । जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी उपरीक्षक एकनारायण कोईरालाका अनुसार शनिबार (आज) बिहान करिब ९ः३० बजेको समयमा पर्साको ठोरीबाट चितवनको माडीतर्फ आउँदै गरेका लु ३१ प २९१९ नम्बरको मोटरसाईकलमा सबार बाबु छोरालाई माडी नगरपालिका ९ देउराली भन्ने स्थानमा हात्तीले आक्रमण गरेको हो । देउरालि भन्ने स्थानमा हात्तीले बाटो छेकेको अबस्थामा बाबुछोरा जंगल गएर लुक्ने क्रममा हात्तीले पछ्याउदै आक्रमण गरेको चितवन प्रहरीले जानकारी दिएको छ ।

Advertisement