March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

शेयर बजारमा किर्तिमानः वर्षौंदेखि वित्तीय बिवरण सार्वजनिक नभएका कम्पनीको शेयर कसरी बढे ?

कोरोना महामारीका कारण विश्वका अधिकांश देशको आर्थिक वृद्धिदर ऋणात्मक छ । नेपाल मात्र यस्तो देश हो यहाँको अर्थतन्त्र ऋणात्मक छैन् । कोभिडको कारण अर्थतन्त्र चौपट भएको छ । देशको कुल गास्थ उत्पादनमा ठूलै हिस्सा राख्ने पर्यटन क्षेत्र ठप्प छ । बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएको लगानी लगानीको बिकल्प नपाएर ऋणात्मक क्षेत्रमा लगानी हुँन थालेको छ ।

Advertisement

व्यवसायीहरुको अनुसार ९० प्रतिशत उद्योगहरु बन्द वा सीमित क्षमतामा चलेका छन् । सार्वजनिक यातायात बन्द हुँदा, कृषि क्षेत्रमा खेती त भएको छ तर रासायनिक मल बजारमा किन्न नपाइदा कृषि अर्थतन्त्र पनि प्रभावित भएको छ । धान रोप्दानै जनतालाई बंगलादेशबाट रासायनिक मल ल्याउँने आश्वासन दिएको सरकारले धान पाक्दा पनि मल त दिन सकेको छैन नै यसबाट देशलाई कती क्षती भयो त्यो समेत आकडा निकाल्न सकेको छैन् ।

Advertisement


शिक्षा दिने विद्यालय बन्द छन् । गरिखाने पसल खोलिएका छन् तर ग्राहक छैन् । ग्राहक आएपनि तलब घटेको छ बिगतको जस्तो समान खरीद गर्ने क्षमता छैन् । चिया पसलमा शान्तिसित चिया खाने उत्साह छैन् । मनोरञ्जनका क्षेत्र बन्द भएको ९ महिना नै भयो । आम जनताको हिसावमा मुलुक ऋणात्मक नै छ । नेपाल राष्ट्र बैंकको आकडाँ जे भएपनि चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक बन्ने निश्चित छ । यो संकटमा जनजीविकाको रक्षा कसरी गर्ने, आर्थिक जोखिम कसरी न्यूनिकरण गर्ने भन्ने सम्बन्धमा सरकारसँग न प्लान १ छ, न विकल्प २ छ, न विकल्प ३ छ ।

पछिल्लो समय धितोपत्रको दोस्रो बजार लगातर रुपमा बढिरहेको छ । चीनको वुहानबाट सुरु भएको कोभिड १९ महामारीको विश्वव्यापी प्रभाव बढ्दै जाँदा नेपालमा अन्य आर्थिक गतिविधि सुस्त बनेको अवस्था छ । अर्थतन्त्र प्रतिकूल बनिरहेको छ । तर सेयर बजार भने लगातार रुपमा बढिरहेको छ । सेयर बजारमा पोजेटिभ देखिएका छ । लगानीकर्तामा छुट्टै उत्साह देखिएको छ । जसले गर्दा कोभिड १९ ले सिर्जना भएको विषम् परिस्थितिमा पनि दसैंपछि दैनिक रुपमा उच्च कारोबार हुँदै आएको छ । लकडाउनपछि गत असारमा तल्लो विन्दुमा रहेको नेप्से त्यसयता लगातार रुपमा बढिरहेको छ । असार १५ गते ११८८.७१ अंकसम्म झरेको नेप्से त्यसपछि बढ्न सुरु भएको थियो । यसको बढाई हेर्दा नयाँ र शिकारु लगानी कर्ता नराम्ररी डुब्दे अवस्था देखिन्छ ।

बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने खासै बढेको छैन । विश्लेषकहरुले सेयर बजर बुलिस ट्रेन्डमा गएको बताए पनि बैंकिङ समूहको उपसूचक खासै बढ्न सकेको छैन । बजार यतिखेर दिन दुई गुणा रात चौं गुणा भनेझै लगातार उकालो लाग्ने क्रम रोकिएको छैन् । दशैंयता बजार दिन दिनै नयाँ रेकर्ड राख्दै आएको छ । आइतवार समेत अर्को कीर्तिमान कायम गरेको छ । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार कारोबार रकम र नेप्से परिसूचक दुबैले अर्को कीर्तिमान कायम गरेको हो ।

धितोपत्र बजारमा आइतबार हालसम्मकै उच्च ९ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । आइतवार ३ दशमलव ९६ प्रतिशतले उकालो लागेको नेप्सेमा ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत बिहीबार नेप्सेमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से आइतबार ७५ दशमलव ०२ अंकले उकालो लागेर १ हजार ९ सय ६८ दशमलव २७ बिन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यसअघि गत बिहीबार बजार परिसूचक नेप्से १८ दशमलव ४३ अंकले उकालो लागेर १ हजार ८ सय ९३ दशमलव २४ बिन्दुमा पुगेको थियो ।

नेप्सेमा आइतबार कुल २ सय कम्पनीका ८० हजार २ सय ७१ कारोबारबाट २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज व्यापार, होटल, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन कम्पनी समूहको उपसूचक बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ ।


नेपाली शेयर बजारको अवस्था हेर्ने हो भने कोभिडका प्रभावका बीच पनि बैंकिङ क्षेत्रले राम्रै प्रतिफल घोषणा गरिरहेको देखिन्छ । तर यो क्षेत्रमा समेत लगानी कर्ताको आकर्षण छैन् । यद्यपि बैंकिङ क्षेत्रभन्दा लगानीकर्ताको चासो भने संस्थागत सुशासन शून्य भएको व्यापार क्षेत्रका कम्पनीहरुतर्फ देखिएको छ । चारवटा कम्पनी सूचीकृत रहेको र विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनजस्ता वर्षौंदेखि वित्तीय विवरण सार्वजनिक नभएको र साधारणसभासमेत नभएको व्पापार समूहका सूचक एक महिनामै शत्प्रतिशतले बढेको छ । यि सस्था जस्तै हिमालयन डिस्टिलरीलगायत केही कम्पनीको सेयर मूल्य कल्पना गरेभन्दा बाहिर रहेर बढेको छ ।


अनपेक्षित रुपमा केही कम्पनीको सेयर मूल्य लगातर रुपमा बढिरहँदा लगानीकर्ता पनि सचेत हुन आवश्यक भएपनि त्यो भएको पाइदैन । बजार जानकारहरु सेयर खेलाडीहरुले अनपेक्षित रुपमा बजार बढाउँदै आएका छन् । नेप्सेमा पछिल्लो बढाइको अवस्था सेयर मूल्य बढाई आफूअनुकुल फाइदा लिन ठूलै गिरोह लागेको एक जानकारी बताउँछन् । उनका अनुसार ठूला लगानी कर्ताको सेटिङमा शेयर बजारमा ठूलै खेल भएको छ । ति जानकार लगानी कर्ताका अनुसार विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनजस्ता कम्पनीको सेयर नयाँ लगानी कर्तालाई बिक्री गरेर पुराना लगानी कर्ता बाहिरिने खेल भएको बताउँछन् । उनी प्रश्न गर्दे भन्छन्–‘ चलखेल नहुँने हो भने वित्तीय अवस्था नै सार्वजनिक नभएका विशाल बजार र साल्ट टेडिङको जस्ता कम्पनीको सेयर मुल्य बढनुको कारण ?’


उनको भनाईबाट पनि विभिन्न हल्ला चलाएर ती कम्पनीको सेयर मूल्य बढाउने र बढेको सेयर नयाँ लगानीकर्तालाई बेचेर चलखेल गर्ने लगानीकर्ता बाहिरिने खेल भएको बुझन सकिन्छ । नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशक नीरज गिरी, विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनलगायत कम्पनीको सेयर मूल्य लगातर बढनु आफैमा सोचनिय बिषय भएको बताउँछन् । उनी अस्वभावित रुपमा बढेका क्षेत्रको अध्यान गरिरहेको बताउँछन् ।