मन्त्रिपरिषद् पुनर्गठनः को हटे, कोको बने मन्त्री ? (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।
यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा मोति दुगडको नाम प्रधानमन्त्रीले राष्ट्रपति समक्ष पठाएका छन् । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पार्वत गुरुङको नाम गएको छ ।
प्रस्तावित मन्त्रीमा बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइने भएको छ । स्रोतका अनुसार घनश्याम भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।
लेखराज भट्ट,रामेश्वर राय यादव,विमला राई लगायत केहीको मन्त्रालय खुलेको छैन । प्रधानमन्त्री निकट स्रोतका अनुसार ईश्वर पोखरेल, रामवहादुर थापा बादल, प्रदिप ज्ञवाली, वर्षमान पुन, गोकुल बस्कोटा र योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।
प्रतिकृया दिनुहोस्