April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

सगरमाथाको नयाँ उचाई सार्वजनिक हुँदै

नेपाल र चीन दुवै देशको संयुक्त अयोजनामा आज सगरमाथाको नयाँ उचाई सार्वजनिक गरिँदै छ । नेपालले आफ्नै जनशक्ति र प्रविधिको प्रयोग गरी चीनसँगको संयुक्त टोलीमा सगरमाथाको उचाई मापन गरेको थियो । सो उचाई आज सार्वजनिक गरिने भएको हो ।

नापी विभागको सर्वेक्षणबाट प्राप्त प्रतिवेदन दुवै देशका सहमतिमा एकैपटक सार्वजनिक हुने विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । यसअघि एकैपटक सार्वजनिक गर्नका लागि नेपाल सरकारले गरेको प्रस्ताव चीन सरकारले स्वीकार गरेको छ । दिउँसो करिब दुई बजेतिर नापी विभागमा नेपालतर्फबाट उचाई सार्वजनिक हुनेछ ।

दुवै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका छन् । करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो । यसका लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो । सो टोलीले गत असारमा सचिवालयले रिपोर्ट तयार गरेको थियो । टोलीले ग्लोबल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो ।

Advertisement