April 30, 2025, Wednesday
[nepali_today_date]

१३ औं दक्षिण एसियली खेलकुद (साग) मा आहिलेसम्म नेपालले १५ वटा स्वर्ण सहित २२ पदक जिल्यो (कुन देशले कति पदक पाए तालिका सहित)

१३ औं दक्षिण एसियली खेलकुद (साग) मा आहिलेसम्म नेपालले १५ वटा स्वर्ण सहित २२ पदक जिल्यो (कुन देशले कति पदक पाए तालिका सहित)

सोमबार १६,२०७६ मंसिर, काठमाडौं ।
नेपालले १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म नेपालले १५ वटा स्वर्ण सहित २२ पदक जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा सानदार प्रदर्शन गरको छ ।
कुसुम खड्कालाई स्वर्ण पदक
महिला ४५ केजीमुनीको समूहमा कुसुम खड्काले स्वर्ण पदक जितेकी हुन् । उनले बंगलादेशी खेलाडीलाई हराएकी हुन् ।


लक्ष्मण तामाङले स्वर्ण पदक
नेपालका लागि करातेको कुमुते अन्तर्गत ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्तफालाई १–० ले हराए । यससँगै करातेमा नेपालको चार स्वर्ण पदक जितेको छ । सोमबारनै नेपाले एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिनामा नेपालले रजत पदक जितेको थियो ।
आयशा शाक्यलाई स्वर्ण पदक
तेक्वान्दोको पुम्सेमा आयशा शाक्यले स्वर्ण पदक जितेकी छन् । ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी हुन् । भारतकी खेलाडी दोस्रो हुँदा श्रीलंकाकी खेलाडीले कास्य पदकमा चित्त बुझाएको छ ।
पार्वती गुरुङलाई स्वर्ण पदक
तेक्वान्दोकै पुम्से महिलामा नेपालले अर्को स्वर्ण जितेको छ । २३ वर्षमाथि २९ वर्षमुनिमा पार्वती गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले ८.२५० अंक पाउँदा श्रीलंकाकी खेलाडी ८.१४० अंकका साथ दोस्रो स्थानमा रहिन् । उनले रजत पदक जितेकी छन् । भारतकी खेलाडीले भने ८.०३० अंकका सात काश्य पदकमा चित्त बुझाइन् ।

Advertisement